काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

546
shares

बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ ।

ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो। कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ।

उनका अनुसार काठले बनेको उक्त रिसोर्टका तीनवटै तलामा आगलागीबाट क्षति पुगेको छ।

अधिकारी जसिमका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ७ः२५ बजे आगलागीको सूचना प्राप्त भएपछि दमकल टोली तत्काल घटनास्थल पुगेको थियो । अग्नि नियन्त्रकहरूले करिब बिहान ११ः०० बजे आगो पूर्ण रूपमा निभाएका थिए ।

आगलागीको यकीन कारण भने अझै पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।