पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
वि.सं.२०८३ असोज ३१ शनिवार २०:११
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
ताप्लेजुङ। यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० भेटी सङ्कलन भएको छ ।
सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो । भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ ।
समितिको तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी सङ्कलन भएको थियो । भदौमा छ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी सङ्कलन भएको छ । अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै बढेको समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन
























