काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

777
shares

काठमाडौँ। ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो ।

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो ।

आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।

आजको खेलमा जित दर्ता गर्न सके नेपालले विश्वकप लिग–२ तालिकाको शीर्ष छमा स्थान सुरक्षित गर्नेछ । पराजित भएको अवस्थामा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने समीकरण बन्नेछ । उता क्यानडा आज जित्नैपर्ने दबाबमा छ । आजको खेलमा पराजित भएमा उसको शीर्ष छको सम्भावना समाप्त हुनेछ ।

ताजा अवस्थामा अङ्क तालिकामा नेपाल छैटौँ र क्यानडा सातौँ स्थानमा छन् ।