काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनएफएल आगामी फागुनदेखि

735
shares

काठमाडौँ। नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फुटबल लिग ९एनएफएल० आगामी फागुन महिनामा हुने भएको छ ।

विभिन्न सात टोली सहभागी यस प्रतियोगितामा होम एन्ड अवेका आधारमा संचालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए । उनले नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित यस प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

नेपाली फुटबलको इतिहास लामो भए पनि सफलता हासिल गर्ने क्रममा विभिन्न चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई अवसरमा बदल्न एनएफएलको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । लिगलाई पूर्ण व्यावसायिक प्रतियोगिताका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको उनले बताए।

करिब चार महिना सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, झापा एफसी र धनगढी एफसी सहभागी हुनेछन् ।

लिग सञ्चालनका लागि आवश्यक रङ्गशालाको उपलब्धता र अन्य तयारीलाई ध्यानमा राखेर प्रतियोगिता अघि बढाइने जनाइएको छ । अधिकांश रङ्गशाला सरकारको स्वामित्वमा रहेकाले एनएफएल सञ्चालनका लागि सरकारसँगको स्वीकृतिको प्रक्रिया अघि बढाइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।