परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट
वि.सं.२०८३ असोज ३० शुक्रवार १८:१२
shares

काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । त्यसअवसरमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनलाई धन्यवाद व्यक्त गर्ेका थिए ।
























