८,००० एमएएच ब्याट्रीसहित भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक
वि.सं.२०८३ असोज ३० शुक्रवार ०७:४८
shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। लामो समयसम्म फोन प्रयोग गर्नुपर्ने युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दैनिक कामकाजमा सक्रिय रहने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यो फोन बजारमा ल्याएको हो।
भिभोको वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको वाई३२ मा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइनजस्ता विशेषता छन्।
फोनको मुख्य आकर्षण यसको ८,००० एमएएच ब्याट्री हो। कम्पनीका अनुसार यसमा प्रयोग गरिएको ६ वर्षे ब्याट्री हेल्थ प्रविधिले १,५०० पूर्ण चार्जिङ साइकलपछि पनि कम्तीमा ८० प्रतिशत ब्याट्री स्वास्थ्य कायम राख्न मद्दत गर्छ।
ब्याट्रीको कार्यक्षमता कायम राख्न फोनमा स्मार्ट चार्जिङ इन्जिन र ओभरनाइट चार्जिङ प्रोटेक्सन सुविधा पनि उपलब्ध छ। यी सुविधाले चार्जिङ प्रक्रियालाई व्यवस्थित गर्दै ब्याट्रीमा पर्ने अनावश्यक दबाब कम गर्न सहयोग गर्ने कम्पनीको दाबी छ। त्यस्तै, ४४ वाट फ्ल्यासचार्ज सुविधाले कम समयमा ब्याट्री चार्ज गर्न मद्दत गर्छ।
डिजाइनतर्फ भिभो वाई३२ मा प्रिमियम मेटालिक क्यामेरा डिजाइन र डायनामिक लाइट दिइएको छ। डायनामिक लाइटले कल, म्यासेज तथा अन्य नोटिफिकेसनका लागि प्रकाशमार्फत सङ्केत दिन्छ, जसले प्रयोगकर्तालाई फोनका सूचनाबारे सहजै जानकारी लिन मद्दत गर्छ।
दैनिक प्रयोगका क्रममा फोनलाई थप सुरक्षित बनाउन आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स र एन्टी–ड्रप आर्मर डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ। यी सुविधाले धुलो, पानी र आकस्मिक ठक्कर वा खसाइबाट फोनलाई जोगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
भिभो वाई३२ को मूल्य कति?
भिभो वाई३२ नेपालभरका अधिकृत भिभो रिटेल स्टोरमा तीन भेरियन्टमा उपलब्ध भएको कम्पनीले जनाएको छ।
- ४ जीबी र्याम + १२८ जीबी स्टोरेज : ३९ हजार ९९९ रुपैयाँ
- ६ जीबी र्याम + १२८ जीबी स्टोरेज : ४५ हजार ९९९ रुपैयाँ
- ६ जीबी र्याम + २५६ जीबी स्टोरेज : ५२ हजार ९९९ रुपैयाँ
कम्पनीका अनुसार विशेष लन्च अफरअन्तर्गत पहिलो ३० दिनभित्र भिभो वाई३२ खरिद गर्ने ग्राहकले थप दुई वर्षको ब्याट्री वारेन्टी पाउनेछन्। यस सुविधाले फोनको दीर्घकालीन प्रयोगमा ग्राहकलाई थप भरोसा दिने कम्पनीको अपेक्षा छ।
























