काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

798
shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा उक्त घोषणा समारोहको उद्घाटन गरेका हुन ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचक पूरा गरेसँगै सूर्यविनायकले आफ्ना १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान सुरु गरेको नगर कार्यालयले जनाएको छ । बालमैत्री स्थानीय शासनका सूचकअन्तर्गत ‘बाल बचाउ’ शीर्षकमा १४ वटा सूचक छन् ।

यसमा गर्भवतीले सात पटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, धनुष्टङ्कार (टिटानस) विरुद्धको खोप र आइरन चक्की सेवन गरेको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने तथा बालबालिकाले पूर्ण खोप पाएको हुनुपर्ने व्यवस्था रहेका छन् । त्यस्तै, ‘बाल संरक्षण’ शीर्षकमा १० वटा सूचक निर्धारण गरिएका छन् ।