काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

693
shares

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका आवासीय रादूत चाल्र्स ह्वीट्लीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

त्यसैगरी, इन्डोनेसिया, घाना, सुडान र ब्रुनाइका गैरआवासीय राजदूतहरू क्रमशः लिस्त्योवाती, कोजो बोन्सु, मोहम्मद अब्दल्ला अली इल्टोम र सिती आर्निफरिजा विन्ती हाजी मोहद जैनीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि उनिहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।