काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

567
shares

इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ । सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने अल–मन्सुरी र मजदल जोन सहरलाई निशाना बनाएको छ । बुउत अल–सैय्यदतर्फ पनि मेसिनगनबाट गोली प्रहार गर्दै सैन्य कारबाही गरिएको छ ।

त्यसैगरी, तोपखानाबाट हददा र बाराचित सहरका बाहिरी क्षेत्रमा आक्रमण गरिएको छ । बिन्ट जेबिल जिल्लामा पर्ने हरिस र हददा सहरबीचको अल–अरयेश क्षेत्रमा पनि आक्रमण भएको छ । सकरा र वादी अल–सलौकी आसपासका क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ ।

लेबनान र इजरायलले गत जुनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवस्थासम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा लेबनानी सेनाको चरणबद्ध तैनाथी, इजरायली सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक सुधारका उपाय समेटिएका छन् ।