काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

559
shares

ai logo सारांश

  • किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ ।
  • बिरामीले असोज २६ देखि कात्तिक १४ सम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं । किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ ।

ललितपुरको किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान ‘पिङ्क अक्टोबर’ का सन्दर्भमा तीन हप्ताका लागि उक्त सेवा घोषणा गरिएको अस्पताका प्रबन्ध निर्देशक डा अभिषेक थापाले जानकारी दिए।

बिरामीले असोज २६ देखि कात्तिक १४ सम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन् । आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका बिरामीलाई लक्षित गरी उक्त सेवा प्रदान गर्न लागिएको हो ।

निर्देशक डा थापाले ‘प्यालिएटिभ केयर’ सेवाको मुख्य उद्देश्य बिरामीको पीडा कम गर्नु, जीवनको गुणस्तर सुधार गर्नु तथा बिरामी र तिनका परिवारलाई आवश्यक साथ र सहयोग प्रदान गर्नु रहेको बताए ।