काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न

481
shares
बाजुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्न सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ अभियान बाजुरामा सम्पन्न गरेको छ ।
जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई लक्षित गरी दुई स्थानमा प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्दै अभियान सम्पन्न गरेको हो ।
अभियानअन्तर्गत जिल्लाको पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तह बूढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकालाई समेटेर आइतबार पिलुचौरमा कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै, सदरमुकाम क्षेत्रका पाँच स्थानीय तह बडीमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिका तथा गौमुल र खप्तड छेडेदह गाउँपालिकालाई लक्षित गरी सोमबार मार्तडीमा कार्यक्रम सञ्चालन गरिएको रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले जानकारी दिए ।
जैसीका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनिहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, विकासका आवश्यकता, सार्वजनिक सेवा प्रवाहमा देखिएका कठिनाइ तथा राज्यबाट प्राप्त हुनुपर्ने सेवासम्बन्धी गुनासा सुन्न अभियान सञ्चालन गरिएको हो ।
रास्वपाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनाललाई अभियानका लागि बाजुरा खटाएको थियो ।  अभियानमा सहभागी नागरिकले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा आफ्ना समस्या र अपेक्षा राखेका छन् ।
नागरिकबाट प्राप्त गुनासा, सुझाव र मागलाई सङ्कलन गरी सम्बन्धित निकायसम्म पु-याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने पार्टीले जनाएको छ ।
हालै सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा स्थानीय तहको प्रतिनिधित्व गर्दै धारणा राख्ने क्रममा रास्वपा बूढीगङ्गा नगर सभापति तिलक थापाले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा नराख्दा जिल्लाले अपेक्षित विकास हासिल गर्न नसकेको बताए ।
त्रिवेणी नगर सभापति गणेशराज पाध्यायले बाजुरा विकासका दृष्टिले पछाडि पर्नुमा  नीति निर्माणमा देखिएका कमजोरी रहेको बताए