काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

325
shares

जनकपुरधाम। लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामानन्द चोक र ट्राफिक बिट लालगढमा सेन्टर स्थापना गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार सेन्टरमा सवारी चालक तथा यात्रीलाई केही समय आराम गर्ने, चियापानी तथा आवश्यक परामर्श लिने व्यवस्था गरिनेछ । चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सेन्टर बनाइएको हो ।