गृहपृष्ठ सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठक सुरु
सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठक सुरु
सुर्खेत । आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायत सम्बन्धित पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।
आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन, पूर्वाधार, खेलाडी तथा प्रतियोगिता सञ्चालनसम्बन्धी विषयमा बैठकमा छलफल हुने छ ।
प्रकाशित समय : १३:२९ बजे


















