गृहपृष्ठ विद्यमान खरिद प्रक्रिया र नीतिगत जटिलता फुकाउन वायुसेवा निगमको सरकारसँग आग्रह
विद्यमान खरिद प्रक्रिया र नीतिगत जटिलता फुकाउन वायुसेवा निगमको सरकारसँग आग्रह
काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चार वटा इन्जिन मर्मतका लागि करिब आठ अर्ब रुपैयाँ आवश्यक रहेको औँल्याउँदै विद्यमान खरिद प्रक्रिया र नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरेको छ।
शुक्रबार बसेको सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसम्बन्धी कानूनी प्रावधानका कारण इन्जिन मर्मत तथा खरिद कार्यमा गम्भीर बाधा उत्पन्न भएको जानकारी गराएका छन।
प्राविधिक समस्याका कारण हालै वाइडबडी जहाज ग्राउन्डेड हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। खासगरी जापान उडानका क्रममा देखिएको प्राविधिक गडबडीका कारण करिब चौबीस करोड रुपैयाँ बराबरको राजस्व गुमेको छ भने इटालीमा मर्मतका क्रममा रहेको अर्को जहाजमा समेत थप जटिलता देखिएपछि हाल ‘पाट्र्स लिज’ मा लिएर सञ्चालनको प्रयास भइरहेको छ। निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि फ्लीट विस्तार र आधुनिकीकरणका साथै दुर्गम क्षेत्रको सेवा निरन्तरताका लागि ध्वजावाहकलाई नाफा-घाटाको साँगुरो घेराबाट मात्र नहेर्न आग्रह गरेको छ।
प्रकाशित समय : ११:१० बजे


















