गृहपृष्ठ वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार
वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण र भुक्तानीमा विश्वव्यापी अगुवा संस्था ‘वेस्टर्न युनियन’ले आफ्नो २०२६ को अभियान : ‘यो दशैं म छु सँगै’ को घोषणा गरेको छ ।
दशैं, तिहार र छठलाई लक्षित गरेर ल्याइएको आठ हप्ते अभियान अक्टोबर २ देखि नोभेम्बर २७, २०२६ (असोज १६ देखि मंसिर ११ गते) सम्म सञ्चालन विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
उक्त अभियानका क्रममा लक्की ड्रमार्फत ७ जना विजेता छनोट गर्ने र प्रत्येकलाई १५ हजार रुपैंयाँ प्रदान गर्ने पनि सम्मेलनमा जानकारी दिइयो ।
साथै, ग्राण्ड बम्पर पुरस्कार अन्तर्गत आठौं हप्ताको अन्त्यमा, एक जना भाग्यशाली विजेताले पाँच लाखको बम्पर पुरस्कार प्राप्त गर्ने पनि जानकारी गराइयो ।
प्रत्येक कारोबारसँगै ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुन पाउने र यसका लागि कुनै फारम भर्नु वा अन्य प्रक्रिया पूरा गर्नु पर्ने छैन ।
अभियान नगद प्राप्त अर्थात क्यास पिकअप गर्ने कारोबारहरुमा मात्र लागू हुनेछ ।
अभियान एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, नबिल बैंक र सूर्य रेमिट जस्ता प्रमुख एजेन्टहरूको सहकार्यमा नेपालभर रहेका वेस्टर्न युनियनका नेटवर्कहरू मार्फत उपलब्ध हुने छ ।
नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकको रूपमा, वेस्टर्न युनियन मनी ट्रान्सफरले विगत २९ वर्षभन्दा बढी समयदेखि २०० भन्दा बढी देश र क्षेत्रहरूबाट नेपालीहरूलाई रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
वेस्टर्न युनियनले सीमापार रहेका परिवारहरूलाई जोड्ने पुलको काम गर्दछ र रेमिट्यान्स आर्थिक सहयोग मात्र नभई माया र साझा खुसीको प्रतीक पनि हो भन्ने कुरालाई उजागर गर्ने विश्वास लिइएको छ ।
प्रकाशित समय : ०८:२९ बजे


















