गृहपृष्ठ चिया बेचेरै परिवारको गुजारा
चिया बेचेरै परिवारको गुजारा
कपिलवस्तु । दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त छन । ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आएका छन ।
दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा विसं २०७७ मा कपिलवस्तु आएका हुन । उनले छ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आएका छन।
देवकोटाले प्रतिकप १० मा चिया बिक्री गर्नुहुन्छ । गर्मी होस् वा जाडो, दैनिक करिब ४५० कप चिया बिक्री गर्दै आएको उनले जानकारी दिए । उनको अहिले दैनिक करिब चार हजार पाँचको कारोबार हुने गरेको छ ।
उनका दैनिक रुपमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म बजार क्षेत्रमा चिया बेच्छन । दिउँसो २ः०० बजेदेखि राति ८ः०० बजेसम्म पुनः चिया बेच्ने उनको दैनिकी छ ।
देवकोटाको परिवारमा एक छोरा र एक छोरी छन् । चिया बेचेर हुने आम्दानीले परिवारको दैनिकी सहज रुपमा नै चलाउँदै आएको उनले बताए । विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशकै व्यवसायबाट आफू सन्तुष्ट रहेको देवकोटाको भनाइ छ ।
प्रकाशित समय : १२:३७ बजे


















