काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकामा जी–२० बैठक, विश्व व्यापारका विषयमा छलफल हुने

1.16K
shares

अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा देखिएको तनावका बीच जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ । बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन् । बैठकमा अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन तथा व्यापारिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताए । उनका अनुसार विश्वका विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन् ।

अमेरिकाले चीन, भारत र युरोपेली संघसहित विभिन्न व्यापारिक साझेदारमाथि भन्सार शुल्क लगाएको छ । यसका साथै केही देशमा जबर्जस्ती श्रम र अत्यधिक औद्योगिक उत्पादन क्षमतासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ । चीनले भने आफ्नो निर्यातलाई लिएर उठाइएका चिन्तालाई अस्वीकार गर्दै आएको छ । चीनले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यका वस्तुको निर्यातले विश्व बजारलाई लाभ पुगेको बताउँदै आएको छ ।

यसैबीच, क्यानडा र युरोपेली संघले अमेरिकाबाहेक अन्य देशसँग पनि व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । क्यानडाले खुला, पूर्वानुमान गर्न सकिने र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीप्रति आफ्नो समर्थन दोहो-याएको छ ।

विश्लेषकहरूले भन्सार नीतिसम्बन्धी मतभेदका कारण बैठकमा महत्वपूर्ण विषयमा सहमति जुटाउन चुनौती हुन सक्ने बताएका छन् । जी–२० को अध्यक्षता यस वर्ष अमेरिकासँग रहेको छ । जी–२० मा १९ देशका साथै युरोपेली संघ र अफ्रिकी संघ सहभागी छन् ।