गृहपृष्ठ प्रतिनिधिसभाः राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत

प्रतिनिधिसभाः राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत

प्रतिनिधिसभाः राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत

काठमाडौै । प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन ।

यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिन ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिन।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गरे ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु