गृहपृष्ठ सानिमाले अठार प्रतिशत लाभांश दिने

सानिमाले अठार प्रतिशत लाभांश दिने

सानिमाले अठार प्रतिशत लाभांश दिने

काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको सोमबार राजधानीमा बसेको २२औँ वार्षिक साधारण सभाले गत असार मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैङ्कको कुल सम्पत्ति २९१.२१ अर्ब, कुल निक्षेप २४९.९३ अर्ब तथा खुद कर्जा सापटी २०३.९९ अर्ब रहेको छ ।

आव २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले वृद्धि गरेको बैङ्कले जनाएको छ ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु