गृहपृष्ठ यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन
यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
कर्णाली । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन गरिएको हो । जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व सङ्कलन भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए ।
त्यसैगरी, जुम्लाबाट करिब दुई करोड र रुकुमपश्चिमबाट तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार राजस्व सङ्कलनको मुख्य आधार सवारीसाधन कर रहेको र कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७।४६ प्रतिशत रहेको छ ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०।९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १।४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०।२१ प्रतिशत राजस्व सङ्कलन भएको सचिव बमले जानकारी दिए । मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ गर्ने जनाएको छ ।
प्रकाशित समय : १०:०९ बजे


















