काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

1.07K
shares

काभ्रे । अविरल वर्षाका कारण काभ्रेको रोशी गाउँपालिकाका दुई स्थानमा भीषण पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान करिब ४:३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयबेसी र वडा नम्बर ८ को गिम्दीबेसीमा सडकमाथिबाट ठूलो पहिरो खसेको हो। पहिरोका कारण बीपी राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको अवस्था र आवागमन खुले–नखुलेको यकिन जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

वर्षा जारी रहेकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने तथा जोखिम बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले यात्राका क्रममा उच्च सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।