गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १०० र चाँदीको मूल्य ४० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१५ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार ७७५ मा कारोबार भएको थियो ।
प्रकाशित समय : १२:०८ बजे


















