गृहपृष्ठ साझा यातायातको सञ्चालन र भाडा भुक्तानी पूर्ण रूपमा डिजिटल
साझा यातायातको सञ्चालन र भाडा भुक्तानी पूर्ण रूपमा डिजिटल
काठमाडौं- साझा यातायातले आफ्ना दैनिक कार्यसञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल बनाएको छ।
विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गतेदेखि नयाँ प्रणाली पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो।
सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले साझा यातायातले गत वैशाखदेखि नयाँ प्रणालीको परीक्षण तथा मूल्यांकन गर्दै विभिन्न प्राविधिक र व्यावहारिक परीक्षण सफल भएपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको साझा यातायातले जनाएको छ।
नयाँ व्यवस्थाअन्तर्गत साझा यातायातका सबै बसको प्रत्यक्ष गतिविधि, स्थान, यात्रुको चाप र चालक–सहचालकको कार्यसम्पादन एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गरिनेछ भने यसबाट बस व्यवस्थापन, समयतालिका तथा आकस्मिक अवस्थामा तत्काल समन्वय गर्न सहज हुने साझा यातायातले जनाएको छ।
प्रकाशित समय : १०:५० बजे


















