गृहपृष्ठ न्यायाधिवक्ताद्वारा मुख्यमन्त्रीसमक्ष वार्षिक प्रतिवेदन पेस

न्यायाधिवक्ताद्वारा मुख्यमन्त्रीसमक्ष वार्षिक प्रतिवेदन पेस

न्यायाधिवक्ताद्वारा मुख्यमन्त्रीसमक्ष वार्षिक प्रतिवेदन पेस
दाङ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन ।
खनालले आज उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरी पेस गरेका हुा । न्यायाधिवक्ता खनालले आर्थिक वर्ष २०८२/०८३ कोे वार्षिक कार्यसम्पादन, मुद्दा मामिला, कानुनी राय तथा परामर्शलगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गरेका हुन ।
नेपालको संविधानको धारा १६० बमोजिम प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको व्यवस्था छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सर्वोच्च अदालत, उच्च अदालत, विभिन्न जिल्ला अदालत तथा प्रशासकीय अदालतमा प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दासहित कूल १८५ मुद्दाको जिम्मेवारी रहेको बताइएको छ ।
 अघिल्लो अवधिबाट जिम्मेवारी सरेर आएका १०५ थान र आर्थिक वर्ष २०८२/०८३ मा नयाँ दर्ता भएका ८० थान मुद्दा रहेका छन् ।
कूल १८५ वटा मुद्दामध्ये १०० वटा मुद्दा फैसला भई फछ्र्योट भएका छन् भने ८५ वटा मुद्दा चालु अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु