गृहपृष्ठ तीन दिनका लागि नेपाल टेलिकमको विशेष अफर, ४९९ मै यस्तो सुविधा

तीन दिनका लागि नेपाल टेलिकमको विशेष अफर, ४९९ मै यस्तो सुविधा

तीन दिनका लागि नेपाल टेलिकमको विशेष अफर, ४९९ मै यस्तो सुविधा

काठमाडौं- संविधान दिवस २०८३ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ । टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै दुई प्रकारका ‘अनलिमिटेड’ डेटा प्याकेज उपलब्ध गराउने भएको हो ।

नेपाल टेलिकमका अनुसार अफरअन्तर्गत ४९९ रुपैयाँमा ‘अनलिमिटेड लाइट’ र ६९९ रुपैयाँमा ‘अनलिमिटेड प्रो’ प्याकेज लिन सकिनेछ । ४९९ रुपैयाँको अनलिमिटेड लाइट प्याकेज अन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै, धेरै डेटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै ६९९ रुपैयाँको अनलिमिटेड प्रो प्याकेज ल्याइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जीबी डेटा उपलब्ध हुनेछ । दैनिक १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।

टेलिकमका अनुसार यी प्याकेजमा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि लाग्ने रेन्टल शुल्कसमेत समावेश गरिएको छ । संविधान दिवसको अवसरमा ल्याइएको उक्त अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ ।

अफर लिन चाहने ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न सक्नेछन् । त्यसैगरी नेपाल टेलिकमको एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार संविधान दिवसको अवसरमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष डेटा प्याकेज ल्याइएको हो ।

 

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु