गृहपृष्ठ सवारी दुर्घटना चालकको मृत्यु
सवारी दुर्घटना चालकको मृत्यु
इलाम । स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरो किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
गाउँको भित्री सडकमा भएको दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेकामा त्यसमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:३३ बजे


















