गृहपृष्ठ राष्ट्रियसभाः ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहोस्
राष्ट्रियसभाः ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहोस्
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन । सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताए ।
सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन लाग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको विषयलाई उठाउनुपर्ने बताए । सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताए ।
सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेनजी आन्दोलन भएको उल्लेख गर्नुहुँदै त्यो मुद्दालाई अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सदस्य गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई विना भेदभाव राहत दिनुपर्नेमा त्यस्तो हुन नसकेको गुनासो आएको सुनाइन।
सदस्य धर्मेन्द्र पासवानले सरकारले शिक्षा क्षेत्रका बारेमा ठोस नीति ल्याउनुपर्ने माग गरे। सदस्य जगतबहादुर पार्कीले जनताले सरकारको व्यवहार परिवर्तन भएको हेर्न चाहेकाले त्यसअनुसार प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
प्रकाशित समय : १६:५१ बजे


















