गृहपृष्ठ जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

काठमाडौं । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

जनता समाजवादी पार्टी, नेपालको १६, १७ र १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार आज भदौ ३० गते पार्टीका महासचिव प्रकाश अधिकारी तथा डा. सुरेन्द्रकुमार झासहित विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक तथा पार्टीका सचिव शैलेन्द्रप्रसाद साह एवं सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरी सम्मिलित प्रतिनिधिमण्डलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी प्रधानमन्त्री राहत कोषमा चेकमार्फत २१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको जसपा नेपालले जनाएको छ। पार्टीले संकटको घडीमा विपद् प्रभावित नागरिकहरूको साथमा रहेको र नेपाल सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानलाई समर्थन गर्ने जनाएको छ।

जसपा नेपालले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवं दातृ निकायहरूलाई विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सञ्चालित अभियानमा सहभागी हुन हार्दिक अपिलसमेत गरेको छ। पार्टीले कोषमार्फत यस मानवीय अभियानमा आर्थिक योगदान गर्ने जनता समाजवादी पार्टी, नेपालका विभिन्न तहका समितिहरू तथा सम्पूर्ण आदरणीय मित्रहरूप्रति हार्दिक धन्यवाद एवं सम्मान व्यक्त गरेको छ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु