गृहपृष्ठ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ । ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरील उद्घाटन गरेहो । यसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जोमसोममा भेला भइ झाँकीसहित सम्मेलनस्थल कभर्डहल पु्गेको थियो ।  सम्मेलनको उद्घाटन सत्र बिहान करिब तीन घण्टा चल्ने कार्यक्रम निर्धारण गरिएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा परेको असरका विषयमा केन्द्रित भइ सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रुपमा मन्थन गरिने छ । हरितगृह ग्यास उत्र्सजनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका स्थानीय तहमा परेको जलवायु असरका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ ।

सम्मेलनको समापनका अवसरमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि हिमाली जिल्ला मुस्ताङबाट स्थानीय तहको संयुक्त सहभागितामा जलवायु घोषणापत्र २०८३ जारी गरिनेछ । विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु सङ्कट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनुपर्ने भावी कार्ययोजना र जलवायु अनुकूलनका उपायका सम्बन्धमा सम्मेलनमा विभिन्न कोणबाट छलफल हुनेछ ।

जलवायु सङ्कटले पृथ्वीको तापमान वृद्धि भई कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यावरण तथा मानवीय र भौतिक क्षेत्रमा परेको जोखिमका विषय सम्मेलनमा प्राथमिकताका साथ उठाइने छ । सम्मेलनमा यही भदौ १० गते रसुवा बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु