गृहपृष्ठ बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग

लिस्बन । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् ९एनआरएनए० का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेका छन । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए । “देशमा ठूलो सङ्कट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम उपलब्ध गराएको हुँ”, उनले भन्े । बाढीबाट प्रभावित रसुवाका करिब ५० परिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको पनि उनले बताए ।

नवलपुरको गैँडाकोटका गैरे विगत दुई दशकदेखि पोर्चुगल बस्दै आएको छन् । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्षसमेत रहेका उनले पोर्चुगलमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएको छन्।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु