काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजमा शोकसभा

1.43K
shares

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजले शोकसभा आयोजना गरेको छ।

राष्ट्रिय शोकका अवसरमा आयोजित कार्यक्रममा बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कलेज परिवारले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

शोकसभामा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, कलेज सञ्चालन समितिका शिक्षक प्रतिनिधि सावित्री त्रिपाठी, प्रशासन प्रमुख श्रीमा शर्मा लगायतको उपस्थिति थियो। विभिन्न विभागका प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीको पनि सहभागिता रहेको कलेजले जनाएको छ।

कार्यक्रममा प्राकृतिक विपद्बाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा राज्य, स्थानीय समुदाय, शैक्षिक संस्था र नागरिकबीचको सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

बाढी तथा पहिरोजस्ता विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि जोखिम पहिचान, पूर्वतयारी, सुरक्षित पूर्वाधार निर्माण तथा प्रभावकारी विपद् व्यवस्थापन आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

इन्जिनियरिङ शिक्षासँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा सुरक्षित पूर्वाधार निर्माण र विपद् जोखिम न्यूनीकरणमा इन्जिनियरिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा पनि जोड दिइएको थियो।

नेपाल इन्जिनियरिङ कलेजले शोकसभामार्फत विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाएको छ। साथै, विपद् प्रभावितको पुनःस्थापना तथा भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।