गृहपृष्ठ एनभीएल : अन्नपूर्णलाई दोस्रो सफलता

एनभीएल : अन्नपूर्णलाई दोस्रो सफलता

एनभीएल : अन्नपूर्णलाई दोस्रो सफलता

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार जित हात पारेको छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेस वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित ग¥यो ।

अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोस्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । काठमाडौँ रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए ।

३ खेलमा अन्नपूर्णको दोस्रो जित हो । आफ्नो दोस्रो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले चुकेको थियो ।

मधेस भने हालसम्म जितविहीन छ । मेधशले पनि ३ खेल खेलिसकेको छ । मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौँ रेड्ससंग ३–२ ले पछि परेको थियो ।

अपराजित दुई टोली कर्णाली शिवराज र सगरमाथा स्म्यासर्सबीचको खलेलमा कर्णाली ३–२ ले विजयी भयो । लगातार तेस्रो खेलमा जित हात पार्ने क्रममा कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को प्रदर्शन ग¥यो । कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ चुनिए ।

यो खेल अघिसम्म सगरमाथा पनि अपराजित थियो । दुवै टोलीले समान ३–३ खेल खेलेका छन् ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

फाइनल भदौ २७ गते हुनेछ ।

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु