गृहपृष्ठ खोज तथा उद्धार कार्य तीव्र, प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार

खोज तथा उद्धार कार्य तीव्र, प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार

खोज तथा उद्धार कार्य तीव्र, प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आइतबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको काम पनि तीव्र पारिएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको छ ।

यसैबीच, रसुवाका विभिन्न जलविद्युत आयोजनामा बेपत्ता तथा प्रभावितको खोजी कार्य जारी छ । रसुवागढी जलविद्युत आयोजनामाComposite Quick Reaction Teamतथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाको टोलीले उद्धार उपकरणसहित निरन्तर खोज तथा उद्धार गरिरहेको छ । त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा Audit-2 बाट प्रवेश गरेको टोली Audit-2 बाट बाहिरिएको छ । Excavator टनेलबाट भ्हअबखबतयच लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको र हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ ।

 

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु