गृहपृष्ठ ४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

काठमाडौं । क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गरेका छन् । फिफा विश्वकपपछि उमेरका कारण राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने आंकलन गरिएका बेला उनले यस्तो निर्णय गरेका हुन् ।

क्रोएसियाली फुटबल महासंघका अनुसार ४० वर्षीय मोड्रिचले यूईएफए नेसन्स लिगका आगामी खेलका लागि राष्ट्रिय टोलीमा उपलब्ध हुने जानकारी दिएका छन् । उनले प्रशिक्षक स्लाभेन बिलिच र महासंघका अध्यक्ष मारिजान कुस्टिचलाई आफू राष्ट्रिय टोलीका लागि उपलब्ध रहने बताएका हुन् ।

मोड्रिचले चेकिया, स्पेन र इंग्ल्यान्डविरुद्ध हुने नेसन्स लिगका खेल खेल्नेछन् । उनले हालसम्म क्रोएसियाका लागि २०२ खेल खेलिसकेका छन् । मोड्रिच हाल इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । जारी सिजनमा उनले दुई खेल खेलेका छन् ।

यस वर्षको फिफा विश्वकपमा मोड्रिचले क्रोएसियाको कप्तानी गरेका थिए । क्रोएसिया अन्तिम ३२ को चरणबाट पोर्चुगलसँग पराजित हुँदै बाहिरिएको थियो । प्रतियोगिताका चार खेलमा मोड्रिचले पाँच गोल अवसर सिर्जना गर्दै एक असिस्ट गरेका थिए ।

२०२६/२७ को यूईएफए नेसन्स लिग सेप्टेम्बर २४ देखि सुरु हुँदैछ । क्रोएसिया सन् २०१८ को विश्वकप उपविजेता हो भने सन् २०२२/२३ को नेसन्स लिगमा पनि स्पेनसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु