गृहपृष्ठ पार्टी एकताबारे शेखर र गगनबीच भेटवार्ता
पार्टी एकताबारे शेखर र गगनबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति गगन थापाबीच आज दिउँसो १२ः३० बजे भेटवार्ता भएको छ।
भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकढिक्का बनाउने विषयमा छलफल भएको थियो।
डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकताबद्ध हुनुको विकल्प नरहेको बताउँदै पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको स्पष्ट पारे। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताए।
प्रकाशित समय : १४:३० बजे


















