गृहपृष्ठ हुम्लाको च्याममा आठ दिनदेखि फोरजी सेवा ठप्प

हुम्लाको च्याममा आठ दिनदेखि फोरजी सेवा ठप्प

हुम्लाको च्याममा आठ दिनदेखि फोरजी सेवा ठप्प

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्र अदानचुली गाउँपालिका– ५ च्याममा रहेको नेपाल टेलिकमको फोरजी टावर आठ दिनदेखि सञ्चालनमा नआउँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन्।

टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको हो।

अदानचुली–५ का स्थानीय राजबहादुरले सञ्चार सम्पर्कबाट टुटेको आठ दिन भएको बताए। उनका अनुसार टावर एक सातादेखि बिग्रिएर सेवा अवरुद्ध भएकाले बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न तथा दैनिक सञ्चारमा समेत समस्या भइरहेको छ।

स्थानीयले लामो समयसम्म टावर नचल्नुको कारण तत्काल खोजी गरी सेवा सुचारु गर्न माग गरेका छन्। उनीहरूले टावरमा प्राविधिक समस्या आएको हो वा विद्युत् तथा सोलार प्रणालीमा समस्या भएको हो भन्ने विषयमा सम्बन्धित निकायले यथार्थ जानकारी दिनुपर्ने वताएका छन्।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु