गृहपृष्ठ आजको राशिफल : २०८३ भदौ २१ गते आइतबार

आजको राशिफल : २०८३ भदौ २१ गते आइतबार

आजको राशिफल : २०८३ भदौ २१ गते आइतबार

काठमाडौँ । वि.सं. २०८३ भदौ २१ गते आइतबार, ई.सं. २०२६ सेप्टेम्बर ६। वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको दशमी तिथि। नक्षत्र आर्द्रा, चन्द्रमा मिथुन राशिमा र सूर्य सिंह राशिमा रहेको छ। योग सिद्धि तथा करण वणिज रहेको छ। आज नेपालमा सूर्योदय बिहान ५ः४५ बजे र सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ।

आज दुर्गा भगवतीको पूजा–आराधना तथा ध्यान गर्दा शुभ फल प्राप्त हुने विश्वास छ। बिहान उदाउँदो सूर्यको दर्शन गरी माता दुर्गाको पूजा आराधना गर्दा मनोकामना पूरा हुने शास्त्रीय मान्यता रहेको छ।

मेष राशि :
विद्युतीय उपकरणको कारोबार तथा प्रयोग गर्दा सावधानी अपनाउनुहोला। ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ। दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष शुभ रहनेछ। तामाको कलश धोएर दर्शन गरी दिनको सुरुवात गर्नु शुभ हुनेछ। शुभ रङ्ग : कलेजी | शुभ अङ्क : ३

वृष राशि :
सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ। कारोबारमा भने सामान्य झमेला आउन सक्छ। मन प्रसन्न रहनेछ। गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको सुरुवात गर्नु शुभ हुनेछ। शुभ रङ्ग : सेतो | शुभ अङ्क : १३

मिथुन राशि :
यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यप्रति रुचि बढ्नेछ। बिहान १२ बजेसम्मको समय अनुकूल रहनेछ। आकस्मिक धनलाभको योग छ। पुस्तक दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ।
शुभ रङ्ग : हल्का नीलो | शुभ अङ्क : ४

कर्कट राशि :
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। काममा भने सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्ने योग छ। चाँदीको गहना लगाउनाले शुभ फल प्राप्त हुने विश्वास छ। शुभ रङ्ग : पहेँलो | शुभ अङ्क : ७

सिंह राशि :
पुराना मित्रसँग भेटघाट हुने अवसर जुर्नेछ। दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ कार्य नगर्नुहोला। दाम्पत्य जीवन सुखमय रहनेछ। उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको सुरुवात गर्नु शुभ हुनेछ।
शुभ रङ्ग : खैरो | शुभ अङ्क : २

कन्या राशि :
धर्मप्रति आस्था बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुने योग छ। घरायसी समस्याका कारण साँझतिर केही निराशा छाउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।
शुभ रङ्ग : कालो | शुभ अङ्क : ७

तुला राशि :
दम्पतीबीच विवाद बढ्न सक्छ। कार्यक्षेत्रमा भने लाभ मिल्नेछ। धन क्षति हुने तथा घमण्ड बढ्ने योग भएकाले बोलीमा संयम अपनाउनुहोला। कालो वस्तुको प्रयोग कम गर्नु शुभ हुनेछ। शुभ रङ्ग : रातो | शुभ अङ्क : १८

वृश्चिक राशि :
नेतृत्व लिने अवसर प्राप्त हुनेछ। दिन शुभ रहनेछ। नयाँ कार्यको सुरुवात वा योजना बनाउन सकिनेछ। साझेदारीका कामबाट लाभ मिल्ने योग छ। हरियो वस्तुको प्रयोग गर्नु शुभ हुनेछ।
शुभ रङ्ग : हल्का रातो | शुभ अङ्क : ५

धनु राशि :
पारिवारिक झमेला बढ्न सक्छ। मन केही उदास रहनेछ। गीतसङ्गीत तथा साहित्यप्रति रुचि बढ्नेछ। पितृहरूको सेवा गर्ने अवसर मिल्नेछ। हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ। शुभ रङ्ग : गुलाबी | शुभ अङ्क : १

मकर राशि :
मानसिक तनाव बढ्न सक्छ। साँझपखको समय भने शुभ रहनेछ। आफन्तबाट लाभ मिल्नेछ। काममा केही झञ्झट आउन सक्छ। आदित्य हृदय स्तोत्र पाठ गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ।
शुभ रङ्ग : कालो | शुभ अङ्क : ७

कुम्भ राशि :
व्यापार तथा नोकरीमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। परिवारमा भने वैचारिक मतभेद हुन सक्छ। गुड (सखर) दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ। रातो वस्तुको प्रयोग नगर्नुहोला। शुभ रङ्ग : सिम्रिक | शुभ अङ्क : ११

मीन राशि :
मन शान्त रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार–व्यवसायमा सफलता मिल्नेछ। ब्राह्मण वा कन्यालाई भोजन गराउनाले दिन शुभ रहने विश्वास छ। शुभ रङ्ग : हल्का कालो | शुभ अङ्क : ६

प्रकाशित समय : ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु