गृहपृष्ठ भक्तपुर क्यान्सर अस्पतालमा बाढी प्रभावित क्षेत्रका बिरामीलाई निःशुल्क क्यान्सर उपचार
भक्तपुर क्यान्सर अस्पतालमा बाढी प्रभावित क्षेत्रका बिरामीलाई निःशुल्क क्यान्सर उपचार
भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले जारी गरेको सूचना अनुसार बाढीप्रभावित क्षेत्रका बिरामीहरूलाई विशेष प्राथमिकता दिँदै यो सेवा सञ्चालनमा ल्याइएको हो।
अस्पतालले १० प्रतिशत निःशुल्क शय्या (बेड) र उपचार सेवाअन्तर्गत बेड चार्ज, ल्याब परीक्षण शुल्क तथा अक्सिजन शुल्क पूर्ण रूपमा नि:शुल्क गर्ने जनाएको छ। साथै अस्पतालमा उपलब्ध भएसम्मका औषधिहरूसमेत नि:शुल्क उपलब्ध गराइने छ।
विपन्न, असहाय तथा बेसहारा बिरामीहरूले नेपाल सरकारले प्रदान गर्ने विपन्न नागरिक क्यान्सर उपचार कोष, स्वास्थ्य बिमा तथा प्रदेश सरकारद्वारा उपलब्ध गराइने सुविधाहरू समेत प्रयोग गर्न सक्नेछन्।
प्रकाशित समय : १६:५३ बजे


















