गृहपृष्ठ प्रतिनिधिसभाः बेपत्ताहरूको खोजी तीव्र गराउन सांसदहरूको आग्रह
प्रतिनिधिसभाः बेपत्ताहरूको खोजी तीव्र गराउन सांसदहरूको आग्रह
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तीव्र गराउन सरकारलाई ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा सांसदहरूले विपद्को व्यवस्थापनमा एकताबद्ध सहकार्य र समन्वय गर्नुपर्ने जोड दिए ।
सांसद जगतप्रसाद जोशीले भदौ १० गतेदेखि देश शोकमा डुबेको बताउँदै विश्व समुदायले यतिबेला नेपालतर्फ प्रकट गरेको सद्भावप्रति आभार व्यक्त गरे । सांसद चन्द्रमोहन यादवले रसुवाको भोटेकोशीमा आएको बाढीले विपद् व्यवस्थापनबारे हामी सचेत हुनुपर्ने चेतावनी दिएको बताए ।
सांसद जगदीश खरेल (दोलखा) ले बेपत्ता भएका नागरिकसँग आफूले भेटेको बताउँदै उनिहरूको भावविह्ल अवस्थाबारे सदनमा जानकारी दिए । सांसद जनकराज गिरिले बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र गराउन सरकारसँग आग्रह गरे । सांसद जनकसिंह धामीले उद्धार र राहतमा खटिएका सबैप्रति धन्यवाद दिँदै कञ्चनपुरका चार जना अझै बेपत्ता भएकाले ओजीका लागि आग्रह गरे ।
सांसद जोगकुमार बरबरिया यादवले यस कठिन मोडमा सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोड दिए । सांसद टुकाभद्रा हमालले रसुवामा आएको बाढीले सुरुभित्र मानिस फसेको भए पनि बेलैमा उपचार नभएको बताउँदै सरकारलाई यसप्रति ध्यानाकर्षण गराए ।
सांसद ठाकुरसिंह थारूले बर्दियाका इन्जिनियर, सुरक्षाकर्मी र सर्वसाधारण गरी ७५ जना व्यक्ति सम्पर्कविहीन भएका बताउँदै उनिहरूको खोजी र उद्धार गर्न सरकारसमक्ष माग गरेका छन । सांसद डा ताराप्रसाद जोशीले बाढीबाट आफन्त मात्रै होइन त्यहाँको सभ्यता पनि गुमाएको बताउँदै सरकारले सुरुङभित्र अझै उद्धार प्रक्रिया तीव्र पार्नुपर्ने बताइन ।
सांसद तौफिकअहमद खानले बाढीपछि रुपेन्देही क्षेत्र नम्बर ५ का बेपत्ता भएका व्यक्तिको नामसहितको विवरण सदनलाई जानकारी गराए । सांसद दीपकराज बोहराले हराएका व्यक्तिको खोजीमा सरकारले यथाशीघ्र थप पहल गर्नुपर्ने माग राखे । सांसद नरेन्द्रकुमार केरुङले रसुवामा आएको बाढीले कतिपय पुल तथा सडक बगाउँदा आवागमनमा समस्या भएको बताए ।
सांसद नीतिमा भण्डारी (कार्की) ले प्रभावकारी रूपमा विपद् व्यवस्थापन गर्न आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा माग गरिन । सांसद निराशा चौधरी डगौराले बाढीपछि कञ्चनपुरका बेपत्ता भएका नागरिकको बारेमा सदनलाई जानकारी दिइन । सांसद नीता घतानीले राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउनु ठिक भए पनि तीनै तहका सरकारको समन्वय आवश्यक पर्ने धारणा राखिन ।
सांसद नीनुकमारी कर्णले भोटेकोशीको बाढीपछि मधेसका बेपत्ता युवाहरूका बारेमा सदनलाई जानकारी गरारिन । सांसद पवित्रा विकले बेपत्ता भएका नागरिकको खोजी गर्न सरकारसमक्ष ध्यानार्कषण गराइन । सांसद पारशमणि गेलालले ‘बेपत्ताको खोजी कार्य केकसरी भइरहेको छ रु’ सरकारले जानकारी दिनुपर्ने माग राखिन ।
सांसद पार्वती विकले विपद्को समयमा सरकारले सहानुभूति होइन प्रभावकारी व्यवस्थापन गर्नु महत्वपूर्ण विषय भएको बताइन। उनले सबै घाइतेको सरकारी खर्चमा उपचार गर्ने र मृतकका परिवारलाई आर्थिक राहत उपलब्ध गराउन आग्रह गरिन ।
प्रकाशित समय : १६:४४ बजे


















