गृहपृष्ठ विपद्बारे कांग्रेसद्वारा जनप्रतिनिधिसँग छलफल

विपद्बारे कांग्रेसद्वारा जनप्रतिनिधिसँग छलफल

विपद्बारे कांग्रेसद्वारा जनप्रतिनिधिसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढीको विपद् सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धार केन्द्रीत रहेर स्थानीय जनप्रतिनिधिसँग आज छलफल गरेको हो ।

कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले भोटेकोशीमा आएको विपत्तिलगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्नुपर्छ भन्ने नीतिका साथ सरकारलाई सहयोग गरेको बताए । उनले रसुवाका जलविद्युत् आयोजनाका सुरूङमा फसेकाहरूको व्यक्तिहरूको उद्धारका लागि सुरुआती चरणमा प्राविधिकको सहयोग नलिएका कारण उद्धार प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।

एउटालाई परेको विपत्तिमा अर्काले सघाउने भावनाका साथ स्थानीय तहबीच समन्वय गरेर सहयोग गर्न पनि उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । छलफलमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला पार्टी सभापतिहरूले पीडित र प्रभावित नागरिकले उद्धार र राहतका लागि सङ्घीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिएका थिए ।

छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका निवर्तमान महासचिव वंशलाल तामाङका साथै रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरका महानगर, नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु