गृहपृष्ठ एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

उदयपुर । कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ ।

प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिए ।

प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको हो । पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु