गृहपृष्ठ बाढी तथा विपद् प्रभावितका लागि आर्या फार्माद्वारा ८२ लाख बढीको औषधि सहयोग

बाढी तथा विपद् प्रभावितका लागि आर्या फार्माद्वारा ८२ लाख बढीको औषधि सहयोग

बाढी तथा विपद् प्रभावितका लागि आर्या फार्माद्वारा ८२ लाख बढीको औषधि सहयोग

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्मा ल्याव प्रा. लि.ले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको औषधि सहयोग गरेको छ।

कम्पनीका अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकको उपचारमा प्रयोग हुने आवश्यक औषधिहरू उपलब्ध गराइएको हो। सहयोग गरिएका औषधिको कुल मूल्य ८२ लाख ५१ हजार ७५० रहेको कम्पनीले जनाएको छ।

विपद्का कारण प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको आवश्यकता थप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले आवश्यक परेमा उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण तथा थप औषधिसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई राहत पुग्ने कम्पनीको विश्वास छ।

आर्या फार्मा ल्यावले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै राहत तथा पुनर्स्थापनाका कार्यमा समेत सहयोग गर्ने जनाएको छ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु