गृहपृष्ठ प्रधानमन्त्री राहत कोषमा अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग
प्रधानमन्त्री राहत कोषमा अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीपीडितको राहतका लागि अर्घाखाँची सिमेन्टले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो ।
कम्पनीका तर्फबाट अर्घाखाँची सिमेन्ट लिमिटेडका सञ्चालक पशुपति मुरारकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणका क्रममा व्यवसायीहरू राजेश अग्रवाल, मनोज केडिया लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १५:३३ बजे


















