गृहपृष्ठ घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

भक्तपुर ।भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व शुक्रबार साँझबाट सुरुआत भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो ।

प्रत्येक वर्ष जनै पूर्णिमाको दिन साँझ भक्तपुरको तलेजुबाट घिन्तागिसी नाच निस्केर टोलटोलमा प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु हुने परम्पराअनुसार नै आज साँझ तलेजुको घिन्तागिसी निस्कालेर जात्रा सुरु भएको हो ।

आज तलेजुको घिन्तागिसी नाच निस्किए पछि टोलटोलमा अरु नाच पनि निस्किएको छ । गाईजात्राको दिन बिहानैबाट भक्तपुरमा विशेष जात्रा सुरु हुन्छ ।

बिहान डोकोमा गाई बोकेर, जिउँदो गाई नगर परिक्रमा गराउने र त्यसपछि भने दिनभरि मृतक परिवारबाट ताहमचासहित घिन्ताडगिसी नाच प्रर्दशन गर्ने, माटोबाट बनेको गाईसँगै भजन प्रदर्शन गर्ने गरिन्छ ।

भक्तपुरको गाईजात्राको विशेष आकर्षण साँझ लाकुलाछें ९पोटरीस्क्वायर०बाट निकालिने भैलद्य ९परालबाट बनाइएको गाईको प्रतीक०सहितको घिन्तागिन्सी परिक्रमा गराए पछि त्यस दिनको जात्रा सम्पन्न हुन्छ ।

प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु भई कृष्ण जन्माअष्टमीसम्म चल्ने गाईजात्रामा गाईजात्राको दिन दिनभरी नै विशेष जात्रा हुने र जात्राको अवधिमा प्रत्येक दिन साँझ नगरका टोलटोलमा घिन्तान्गिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गरिन्छ ।

संस्कृतिविद् डा कमलभक्त जोशीले भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धूमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन प्रदर्शन गरिने बताए ।

गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा रहेको बताउदै त्यस क्रममा गाईजात्राका दिन ताहमचासहित विशेष नाच घिन्तान्गिसी प्रदर्शन हुने बताउछन् ।

नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइ राख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ ।

यसवर्ष पनि नगरपालिकाले जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्याङ्कन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधालाई नगद पुरस्कार वितरण गर्ने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

 

प्रकाशित समय : ०४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु