गृहपृष्ठ प्रधानमन्त्री राहत कोषमा बीस लाख

प्रधानमन्त्री राहत कोषमा बीस लाख

प्रधानमन्त्री राहत कोषमा बीस लाख

हेटौँडा । रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।

संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख गरी २० लाख दाखिला गरेको हो ।

“राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ”, प्रिन्सिपल जोशीले भने, “राष्ट्र दुःखमा हुँदा हामी पनि सँगै छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ ।”

रसुवाको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मकवानपुरका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग गर्नेक्रम जारी छ ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु