गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु
बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको मृत्यु भएको हो ।
यसैबीच, जनमत पार्टी बारा जिल्ला समितिले पाण्डेको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको जनाउँदै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।
प्रकाशित समय : ०८:२१ बजे


















