गृहपृष्ठ छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो ।
प्रकाशित समय : १३:४३ बजे


















