गृहपृष्ठ च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट

च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट

च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार करिब ४ बजे शेर्पा जुनबेसीस्थित सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको थियो ।

त्यसपछि एम्बुलेन्समार्फत उनीलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरीले जनाएको छ । प्राप्त विवरणअनुसार घाइते शेर्पाको हाल अस्पतालको अपरेसन थिएटरमा उपचार भइरहेको छ ।

घटनास्थल प्रहरी चौकी बेनीबाट करिब तीन किलोमिटर पूर्वतर्फ पर्ने प्रहरीले जनाएको छ । जंगल क्षेत्रमा च्याउ तथा अन्य वनजन्य वस्तु संकलनका क्रममा जंगली जनावरको जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु