गृहपृष्ठ भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा

भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा

भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा

पर्सा । भन्सार छली गरी भित्राइएको १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा चौकीबाट खटिएको टोलीले साहका साथमा रहेको बिआर २२ बि ०६००१७ नम्बरको मोटरसाइकल तथा १२ बोरा कपडा बरामद गरेको छ ।

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु