गृहपृष्ठ पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य
पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य
काठमाडौं । मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको छ । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।
त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिदाँ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
प्रकाशित समय : १३:१५ बजे


















